

प्रवास । संसारका विभिन्न देशमा रहेका प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई तत्काल सच्याउन माग गरेको छ ।
प्रवासी नेपालीका तर्फबाट आज संसारका ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको जनाइएको छ ।
देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको पछिल्लो निर्णय गलत रहेको उनीहरुको भनाइ छ । यसरी विज्ञप्ति जारी गर्नेमा प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायत प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष एवं सचिव हुनुहुन्छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७