

काठमाडौ । प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ अहिलेसम्म १९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना भएको छ।
अहिलेसम्मको गणनामा नेकपा (एमाले) ले अग्रता कायम राखेको छ। एमालेले ५०५९३० अर्थात् २६.४५ प्रतिशत मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४६८४२९ अर्थात् २४.४८ प्रतिशत मत पाएको छ। कांग्रेस र एमालेबीच अहिलेसम्म झन्डै २ प्रतिशतको मतान्तर छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २५८९९७ अर्थात् १३.५४ प्रतिशत मत पाएको छ भने माओवादी केन्द्रले २२९८६० अर्थात् १२.०१ प्रतिशत मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १३५७१२ अर्थात् ७.०५ प्रतिशत मत पाएको छ।
अरू पार्टीहरूले भने ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन्।
जनता समाजवादी पार्टीले ५७१५१ अर्थात् २.९८ प्रतिशत पाएको छ भने नेपाल मजदुर किसान पार्टीले ४७१८२ अर्थात् २.४६ प्रतिशत मत पाएको छ।
नागरिक उन्मुक्ति पार्टी ३३१५८ अर्थात् १.७३ प्रतिशत, जनमत पार्टीले ३२९८८ अर्थात् १.७२ प्रतिशत र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ३२६८५ अर्थात् १.७० प्रतिशत मत पाएका छन्।
अन्य दलहरूले ११०६८० अर्थात् ५.७८ प्रतिशत मत पाएका छन्
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७