

प्रवास । हङकङमा बुधबार सबै शिक्षालय बन्द गरिएको छ। नम्बर ८ तुफान आउन सक्ने चेतावनीसँगै सबै शिक्षालय बन्द गरिएको हो।
यो तुफान दिउँसो १२ देखि २ बजेभित्र आउन सक्ने अनुमान गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङबाट २५० किलोमिटर दक्षिणपूर्वबाट सामुद्रिक आँधी गुआङडोङतर्फ अघि बढिरहेको हो।
यद्यपि पछिल्लो समय आँधीको तीव्रता भने घटिरहेको मौसमविद्हरुले बताएका छन्। कहिलेसम्ममा यो आँधी साम्य हुन्छ भन्नेबारे अझै निश्चित हुन नसकेको उनीहरुको भनाइ छ। हङकङको मौसम विभागले जारी गर्ने यो तेस्रो ठूलो चेतावनी हो।
जानकारहरुका अनुसार फिलिपिन्समा एक सयभन्दा धेरै मानिसको ज्यान लिएको नाल्गे तुफान र उत्तरपूर्वी क्षेत्रको मनसुनको संयुक्त असरको कारण मौसम झन् खराब बन्न सक्ने देखिएको हो।
यद्यपि बुधबार र बिहीबारको लागि तय भएको ग्लोबल फाइनान्सियल लिडर्सको कार्यक्रम भने नरोकिने आयोजकले बताएका छन्।
यो कार्यक्रममा विश्वभरका दुई सयभन्दा धेरै नेताहरु सहभागी हुनेछन्।
कोरोना महामारीपछि हङकङमा आयोजना गरिएको यो सबैभन्दा ठूलो कार्यक्रम हो।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७