TRENDING
होमपेज
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम स्थगित


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको श्रम कल सेन्टरमार्फत मन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार गर्ने ‘श्रमिकसँग मन्त्री’ साप्ताहिक कार्यक्रम स्थगित भएको छ ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट अछामबाट उम्मेदवार मन्त्री कुँवर केही समयदेखि निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । मन्त्रालयले मन्त्री नभए पनि सार्वजनिक ह्वाट्सएप, भाइबर तथा टोल फ्रि नम्बरबाट गुनासो टिपाउन आग्रह गरेको छ ।
मन्त्री कुँवरले केही महिना अघिदेखि प्रत्येक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म सेवाग्राहीसँग प्रत्यक्ष रूपमा समस्या तथा गुनासो सुन्ने कार्यक्रम सुरुवात गरेका थिए । मन्त्रालयले उक्त कार्यक्रम केही समयको लागि स्थगित भएको जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७