काठमाडौं । बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा आएको छ । शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ मा नेपालको गर्विलो इतिहासलाई समेटिएको बताइन्छ ।
यस चलचित्र हरीसकेका निर्देशक दीपाश्री निरौलाले भन्नुभयो ( ‘ऐतिहासिक कुरालाई चलचित्रमा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन हामी साथ दिनेछौं ।
यस्तै अभिनेता दीपकराज गिरीले भन्नुभयो, “हाम्रो यति गर्विलो इतिहास हुँदाहुँदै पनि हामीले चाहेको जसरी ती कथालाई पर्दामा देखाउन सक्दैनौँ । यो चलचित्रको निर्माण पक्षले त्यो प्रयास गरेको छ, जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।”
कलाकार निर्मल शर्माले आफूले तीन पटक यो चलचित्र हेरेको जानकारी दिनुभयो ।
युद्धमा आधारित चलचित्र नालापानीमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
काठमाडौंको वायु अझै स्वस्थकर
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
नेपाली विदेश पढ्न जाँदा नौ महिनामा एक खर्ब बाहिरियो
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८