

काठमाडौं । हिजो उम्मेदवारी मनोनयन गरेकाहरु विरुद्ध आज दिउँसो ३ बजेसम्म प्रमाण सहित उजुरी हाल्न गरिएको व्यवस्थाको धेरै वटा निर्वाचन क्षेत्रमा पालना भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ र ४ सँगै २ मा पनि उजुरी परेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ र ४ मा काँग्रेस,एमाले र राप्रपाका उम्मेदवारहरुविरुद्ध उजुरी हालिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारविरुद्ध उजुर परेको छ । सो क्षेत्रका एमाले उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध सोही क्षेत्रका नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरतप्रसाद फुयाँलले लिखित उजुरी दर्ता गराएका हुन् ।
श्रेष्ठ र फुयाँल दुवै सो क्षेत्रको प्रदेश सभा ‘ख’ बाट उठेका छन् । फुयाँलले उजुरीमा विगतमा नगरपालिकाको मेयर हुँदा श्रेष्ठले आर्थिक हिनामिना गरेको र हालसम्म बेरुजु कायम रहेको दाबी गरेका छन् ।
फुयाँलको उजुरीको विवरण उल्लेख गर्दै स्रोतले भन्यो, ‘विगतमा शंखरापुर नगरपालिकाको मेयर हुँदा सुवर्ण श्रेष्ठले आर्थिक कारोबार हिनामिना गरेका छन् । उक्त हिनामिनासम्बन्धी प्रमाणको रुपमा रहेको बेरुजु अहिले पनि महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७