TRENDING

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेकी आमाको ८७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन्। उनी एमाले नेता सुरेन्द्र पाण्डेकी पनि आमा हुन् । उनको आज बिहान चार बजे निवासमै निधन भएको बताइएको छ। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मनमायाको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।