TRENDING

एमालेको सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।

बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन । उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन ।