

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, २७ हजार ५६९ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ । डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा भएको छ । त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, प्रदेश १ मा ८१५, सुदूरपश्चिममा ८२१, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा नौ हजार ४९६, ललिपुरमा छ हजार ४९८, मकवानपुरमा दुई हजार ६९१, दाङमा एक हजार ४१०, भक्तपुरमा एक हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २३ हजार ६९१ जनामा डेंगु पुष्टि भएको छ ।
ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्नसक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७