TRENDING

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७२९ पीसीआर तथा २ हजार १०० एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टी भएको हो ।मंगलबार ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।