TRENDING

आईतवार नेपालमा ५१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा तीन हजार २४ नमुना परीक्षण गरिएकोमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा १०० जना संक्रमणमुक्त भएका छन । हाल देशभरमा १ हजार २२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।