

काठमाडौं । इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज अन्र्तगत गएराति भएको तेस्रो टि२० आई खेलमा इंग्ल्यान्ड विजयी भएको छ । पाकिस्तानलाई ६३ रनले स्तब्ध पार्दै इंग्ल्यान्डले २–१ को अग्रता बनाएको हो । यी दुई टोलीबीच सात टि २० आई खेल हुन लागेका हुन् । इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन मात्रै जोड्न सक्यो । जसमा शान मसुद सर्वाधिक ६६ बनाएपनि हार भने टार्न सकेनन् ।
इंग्ल्यान्डका मार्कवुडले ३,आदिल राशिदले २,साम करन र रिस टोप्लीले एक एक विकेट झारे । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।
जसमा ह्यारी ब्रुक ८१ र बेन डकेटले ७० रन बनाए । पाकिस्तानका स्पिनर उस्मान कादिरले २ विकेट लिए । इंग्ल्यान्डका ह्यारी ब्रुक म्यान अफ द म्याच भए ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७