

काठमाडौं । काठमाडौं महानगरले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा संचालन गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भएको छ । साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उहाँले बताउनु भएको छ । यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।
टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’र‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ । काठमाडौं उपत्यकासहित देशभर डेङ्गीको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७