

काठमाडौं । नेपाल पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो । डेंगुको कारण ११ जनाको मृत्यु भएको छ ।अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा तीनहजार ८०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ८०८ र भक्तपुरमा ४८० जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ । यीसँगै, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन ।
डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ । त्यस्तै, डेंगु निको हुने विश्वासमा मेवाको पातलगायतका घरेलु औषधिहरू प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७