TRENDING

जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला भेटीयो

काठमाडौँ । वर्षौंदेखि गायब भएको टुकुचा खोला काठमाडौँ महानगरपालिकाले भेट्टाएको छ । महानगरले टुकुचा खोज्न जय नेपाल हलको कम्पाउन्ड खनेकोमा कम्पाउन्डभित्रै टुकुचा फेला परेको हो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षौंदेखि गायब थियो । यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रको अवैध अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।