

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य वेलायतका नयाँ राजा चाल्र्सलाई बधाई सन्देश पठाएका छन । सन्देशमा अध्यक्ष ओलीले राजा चाल्र्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको एमाले प्रचार विभागले जनाएको छ । नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र वेलायतसँगको सुमधुर सम्बन्ध राजा चाल्र्सको कार्यकालमा अझ सुदृढ हुने ओलीको विश्वास छ । सन्देशमा ओलीले महारानी एलिजावेथ द्वितीयाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गहिरो समवेदना व्यक्त गरेका थिए ।
उपाध्यक्ष सुवास नेम्वाङले आज नेपालस्थित वेलायती राजदूतावासमा पुगी अध्यक्ष ओलीको सन्देश नेपालका लागि वेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेका थिए । उपाध्यक्ष नेम्वाङले वेलायती राजदूतावासमा महारानी एलिजावेथ द्वितीयाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । उपाध्यक्ष नेम्वाङ नेतृत्वको टोलीमा एमालेका परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराई, कृष्ण केसी, डा।अन्जान शाक्य र लक्की शेर्पा थिए ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७