

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात व्यवस्था सेवा कार्यालय ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ ।
यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि आज मुख्यमन्त्री पाण्डे ठुलो भर्याङस्थित यातायात कार्यालय पुग्नुभएको हो । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै व्यस्त थिए ।
कार्यालयको अनुगमनमा आउनुभएका मुख्यमन्त्री पाण्डेलाइ कार्यालय प्रमुख थापाले कार्यालयवाट हुने सेवाप्रवाहको बारेमा बताएका थिए । यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापासामु मुख्यमन्त्री पाण्डेले निर्देशन समेत दिनुभएको छ ।
पाण्डेले कार्यालय व्यवस्थापन र त्यहाँबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गर्नुभएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७