TRENDING

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ । सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन ।’

त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन ।

हेर्नुहोस उनको स्ट्याटस