TRENDING
होमपेज
सहकारी संस्थाहरूलाई १५ दिनभित्र आवश्यक विवरण बुझाउन महानगरको सूचना


काठमाडौं। काठमाडौं महानगरले सहकारी संस्थाहरूलाई १५ दिनभित्र आवश्यक विवरण बुझाउन सूचना जारी गरेको छ। महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित हाजिर हुन सूचित गरेको हो। साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभा गरी महानगरमा प्रतिवेदन पेस गर्न भनिएको छ। सदस्य संख्या, सेयर पुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेस गरे/नगरेको उल्लेख गरी महानगरमा प्रतिवेदन बुझाउनुपर्ने महानगरको सूचनामा उल्लेख छ।
महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिका लागि अनुरोध गर्न भनेको छ। लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न महानगरले सचेत गराएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७