

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट रु १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई रु १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७