

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले एक सातामै नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा बिहीबार बेलुकासम्म ‘झिंगेदाउ’को कमाइ १ करोड ३० लाख रुपैयाँ ग्रस उल्लेख छ । बक्स अफिस सर्भर जडान नभएका केही हलको कमाइलाई समेत जोड्दा केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्मको पहिलो साताको कमाइ झण्डै १ करोड ४० लाख रुपैयाँ ग्रस हुन आउँछ ।
‘झिंगेदाउ’को यो कमाइ यस वर्ष ‘कबड्डी ४’ पछिकै उच्च हो । बलियो वर्ड अफ माउथको कारण यो फिल्मले दोस्रो साता पनि राम्रै कमाइ गर्ने अपेक्षा छ । सिंगल र मल्टिप्लेक्स हलका दुवैथरी दर्शकलाई ‘झिंगेदाउ’ले आकर्षित गरिरहेको छ ।
यसैबीच, तेस्रो सातामा प्रदर्शन भइरहेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को बिहीबारसम्मको कमाइ १ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ । ‘सम्हालिन्छ कहिले मन’ले भने आफूलाई बक्स अफिस दौडमा अपेक्षित रुपमा अघि बढाउन सकेन ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७