TRENDING
होमपेज
दश दिनभित्र कर तिर्न वीर अस्पताललाई महानगरको पत्र


काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई १० दिनभित्र बहाल कर र जरिवाना तिर्न पत्र काटेको छ। महानगरपालिकाले तिर्नुपर्ने कर नतिरेको पाइएको भन्दै पत्र काटेको हो।’आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ। तर हालसम्म पनि नबुझएको हुँदा बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन अनुरोध छ,’ महानगरले काटेको पत्रमा भनिएको छ।
कर र जरिवाना नतिरेमा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवाश्यक प्रकृया अगाडी बढाइने समेत उक्त पत्रमा जनाएको छ।
समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७