TRENDING

नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी छ: गायक शिव परियार

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको जस्ता अभिव्यक्ति दिएका हुन ।

परियारले आफ्नो फेसबुकमा नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन् । ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस ।’

गायक परियारले भनेका छन, होइन भने सबै क्षेत्रका व्यक्ति बलात्कारी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।’

यो पनि पढ्नुहोस