

रामेछाप । पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गईरहेको छ । बुधवार मात्र रामेछापमा १६ जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पतालमा परीक्षण गर्न आएकामध्ये १६ जना डेंगु संक्रमित भएका हुन् । हालसम्म जिल्ला अस्पताल रामेछापमा ११ जना र मन्थली अस्पतालमा ५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछापमा डेंगुका विरामीहरूको संख्या दैनिक रूपमा बढिरहेको छ ।
ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण भएर आएका विरामीमा परीक्षण गर्दा अहिलेसम्म ५ जनामा डेंगु संक्रमण भेटिएको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो । डेंगु रोग लाग्ने विरामीको संख्या बढ्दै गएकाले यसलाई मध्यनजर गरी मन्थली अस्पतालले डेंगुका विरामीको उपचारमा विशेष ध्यान दिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो ।
मन्थली अस्पतालले अहिले डेंगु परीक्षणको दर बढाएको छ । विरामीहरूलाई वार्डमा झुलभित्र राखेर उपचारको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनुभयो ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७