TRENDING

सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।