TRENDING

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । मंगलवार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।