

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भएका छन । क्षेत्रीय समितिले प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा थापालाई सर्वसम्मत सिफारिस गरेको हो । एमालेले थापालाई पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाउने तयारी गरेको हो । प्युठानबाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा नाम सिफारिस गरेको छ । प्रदेश (क) मा पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र (ख) मा पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाललाई सिफारिस गरिएको एमाले प्युठानका सचिव माधव पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका थापा यसअघि केपी ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । उनी पत्रकारिता पृष्ठभूमिबाट एमालेको राजनीतिमा आएका हुन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७