TRENDING

केन्याद्वारा नेपाललाई २ सय ५६ रनकाे लक्ष्य

काठमाडौं । तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा केन्याले नेपाललाई दुई सय ५६ रनकाे लक्ष्य दिएकाे छ । नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्याले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ५५ रन बनायाे ।तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।