TRENDING

नेकपा एमालेका अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन । क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत संघीय सांसदको उम्मेदवारमा सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले बताए ।
प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए।