

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादीलाई जनतालाई अस्वीकार गरिसकेको र पार्टीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेमा फर्कन आग्रह गरे गरेका छन । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेतृत्वको नेकपा एसलाई अस्वीकार गरिसकेका दावी गरेका हुन । ‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, माधवजी नेकपा एमालेमा फर्केर आउनुस ।’, उनले भने । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले पाँच दलीय गठबन्धनको सहारा लिएर पनि स्थानीय तहको चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको नेता नेम्वाङले दावी गरे ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा सबै भन्दा अगाडि रहेको उनको भनाइ छ । नेम्वाङले संघ र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुपर्ने बताएका छन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७