TRENDING

कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त

काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन । पौडेलले शनिबार गृह जिल्ला तनहुँ स्थित दमौलीमा आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सव कार्यक्रममा मा पुगेर आफू प्रधानमन्त्री बन्न चाहेको बताएका हुन । चुनावपछि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्ने पौडेल कांग्रेसका तेस्रो नेता हुन । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले यसअघि नै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिसकेका छन ।

उनले देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको भन्दै त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी नै रहेको बताए । उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ ।’

पौडेलले प्रधानमन्त्री हुने इच्छा देखाए पनि त्यो बाटो भने उनका लागि कठिन छ । गत वर्ष सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनपछि उनी किनारामा परेका छन् । महाधिवेशनको मतदान प्रक्रिया नै ‘बहिस्कार’ गरेका पौडेलले त्यतिबेला देउवालाई सहयोग गरेको कांग्रेस वृत्तमा चर्चा हुन्छ ।

त्यसैले उनलाई देउवा इतस समूहले आफ्नो नेता मान्दैन, देउवा आफैं प्रधानमन्त्रीका स्वभाविक उम्मेदवार हुन् । त्यसैले कार्यकारी हुने इच्छा देखाए पनि पौडेलका लागि त्यो बाटो निकैे चुनौतीपूर्ण छ ।