TRENDING

प्रधानमन्त्री ओलीले गरे संसद विघटनका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नु भएको हो । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाले यो सिफारिस गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले बिहान ९: ४५ बजे मन्त्रीहरूलाई आकस्मिक बैठकमा उपस्थित हुन भन्नु भएको थियो । सो बैठकमा उहाँले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याउनु  भएको हो । विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिए तापनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सरकार गठन हुन नसकेमा वा कुनै पनि प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने प्रावधान छ । तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गर्नुृ भएको टिप्पणी भइरहेको छ ।

प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।