TRENDING
होमपेज
अर्थ समितिको बैठक बस्दै


काठमाडौं। आज अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान साढे १० बजे समितिको हलमा सुरु हुनेछ । आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयास बारे छलफल हुने भएको छ । त्यस्तै लागू भएका कानुन र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक नीति, कानुन साथै संरचना निर्माणको अवस्था, तिनीहरूको कार्यान्वयन, विगतमा भएका मूल्याङ्कन, निकट भविष्यमा हुँदै गरेको मूल्याङ्कनको लागि तयारी र भावी योजना लगायतका विषयमा छलफल हुनेछ ।
छलफलका लागि अर्थ मन्त्रालयका सचिव, कानुन तथा मानव अधिकारका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकका गभर्नर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई बोलाइएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७