TRENDING

प्रधानमन्त्री देउवा तथा राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना व्यक्त

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर दिने उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।