

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जाँदै छन् । इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्र्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यसैबीच उनीहरु इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तयारी छ। जापानको प्रहरीसँग नेपाल प्रहरीले केही आर्थिक सहयोग माग गरेको र त्यसका लागि जापनीज प्रहरीलाई इमेल मार्फत सो प्रस्ताव गरेको भएपनि त्यसको जवाफ आइनसकेकाले जापान जाने कार्यक्रमलाई बाहिर ल्याएका छैनन्। नेपाल प्रहरीका एक अधिकारीका अनुसार आजभोलि नै जापनी दूतावास मार्फत कुराकानी गर्ने सो कुराकानी सकारात्मक भए उनीहरुको जापान भ्रमण औपचारिक हुने नत्र अनौपचारिक हुनेछ।
‘अहिलेसम्म अनौपचारिक भ्रमण हो, व्यक्तिगत भ्रमण हो तर जापानीज प्रहरीले नेपाल प्रहरीको सहायता सम्बन्धी प्रस्ताव स्वीकार गरेमा त्यो औपचारिक हुनेछ’, नेपाल प्रहरीका एक अधिकारीले भने।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७