

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत तेस्रो ट्वान्टी–२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ ।ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको भ्रमणकारी टोली नेपालले टेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २–१ को अग्रता लिएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।
ज्ञानेन्द्रले ४१ बलमा चार चौका र एक छक्का प्रहार गरे । ज्ञानेन्द्र म्यान अफ दि म्याच चुनिए । यस्तै डेब्युट्यान्ट अर्जुन साउदले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको पारी खेल्दा रोहित पौडेलले १८ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाउँदै पवेलियन फर्किए । ओपनर पवन सर्राफले १२ बलमा तीन चौका र एक छक्कासहित २० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले सम्झनलायक ब्याटिङ गर्न सकेनन् । केन्याका भिराज पटेल र इयुगेने ओचिएन्गले समान दुई विकेट लिँदा कोलिन्स ओबुयाले एक विकेट लिए ।
यसअघि टस जितेपछि ब्याटिङमा आएको केन्याले रकिप पटेल र इर्फान करिमको अर्धसतकीय पारीको सहयोगमा पुरै ओभर खेलेर १ सय ५६ रन जोड्न सफल भएको थियो । अर्धसतक बनाउने क्रममा केन्याका रकिप पटेलले ४३ बलमा ७३ रनको पारी खेल्दा इर्फान करिमले ४७ बलमा ५५ रन र कोलिन्स ओबुयाले १४ रन बनाए । दुई विकेट निकाल्ने क्रममा नेपालका आदिल अन्सारी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो । शृंखलामा चौथो ट्वान्टी–२० खेल सोमबार हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखला पछि नेपालले केन्यासँग तीन एक दिवसीय खेल खेल्ने तालिका रहेको छ
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७