TRENDING

रत्नपार्कदेखि भोटाहिटीसम्मका सब–वेमा बनाइएका अबैध संरचना भत्काईयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्कदेखि भोटाहिटीसम्मका अवस्थित सब–वेमा बनाइएका अबैध संरचना भत्काएको छ । पैदल यात्रुका लागि सडक पार गर्न सहजताका लागि सडक मुनिबाट सब वे बनाइएको छ । तर उक्त सब–वेभित्र पनि संरचना बनाउँदै पसल सञ्चालन गर्न थालेपछि यात्रुलाई हिँड्नका लागि कठिनाई उत्पन्न भएको थियो । महानगरपालिकाले उक्त क्षेत्रमा रहेका सबै सब–वेमा निर्माण गरेका संरचना हटाउने भएको छ ।