

काठमाडौं । टी–२० सिरिजअन्तर्गत नेपाल र केन्याले तेस्रो टी–२० आज खेल्दैछन् । तेस्रो खेल पनि नेपाली समअनुसार अपरान्ह ३ः४५ देखि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टोलीको ब्याटिङ पक्ष कमजोर देखिएको छ । अघिल्लो खेलमा केन्याले दिएको १३३ रनको लक्ष्य पनि नेपालले पूरा गर्न सकेन । सो खेलमा नेपाल १८ रनले पराजित हुन पुग्यो । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । उक्त खेलमा नेपालले केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेका थियो ।
यदि सिरिजमा अग्रता बनाउनुछ भने नेपालले ब्याटिङमा सुधार गर्नुको अर्को विकल्प छैन । बलिङमा उच्च प्रदर्शन गरे पनि नेपालको ब्याटिङ भने सुध्रिएको छैन । आज जित हासिल गर्ने टोलीले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाउनेछ ।
घरेलु टोली केन्या नेपालविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै सिरिजमा अग्रता बनाउन चाहन्छ । नेपाल पनि उत्कृष्ट कमब्याक गर्दै सिरिजमा अग्रता लिने सोचमा छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७