TRENDING
होमपेज
शनिवार थप १७३ जनामा कोरोना संक्रमण, ३९६ संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवारको तथ्याङ्क अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३/३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २/२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७