TRENDING

यस्ता छन एमाले केन्द्रीय कमिटीले गरेका ७ निर्णय

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गर्दै विभिन्न ७ वटा निर्णय गरेको हो । जसमा स्थानीय चुनावका विषयमा उजुरी छानबिनदेखि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड तयसम्मका रहेका छन । एमाले केन्द्रीय कमिटीले बैठकले भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिश पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट मापदण्ड पनि तोकेको छ।