

काठमाडौँ। महिला साफ च्याम्पियनसीप लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसीपका लागि २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालमा च्याम्पियनसीप आयोजना गर्दैछ । च्याम्पियनसीप अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ र र यसै समूहमा भुटान र श्रीलंका रहेका छन् ।
यता समूह ‘ए’ मा भने अघिल्ला पाँचवटै संस्करणका विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । नेपाल र भुटानबीचको उद्घाटन खेल सेप्टेम्बर ६ मा हुनेछ ।
नेपाली टिमः
गोलरक्षकः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७