

काठमाडौँ। अल्लू अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पाः द राइज’ को सफलतापछि अब निर्माताहरुले चलचित्रको दोस्रो संस्करणको सुटिङको तयारी सुरु गरेका छन् । चलचित्रको दोस्रो भाग ‘पुष्पाः द रुल’ का लागि सुकुमार हाल चलचित्रको स्क्रिप्टमा दिनरात काम गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी हाल चलचित्रको संवादलाई अन्तिमरुप दिइरहेका छन् । रिपोर्टका अनुसार अल्लूले सेप्टेम्बरको तेस्रो हप्तादेखि चलचित्रको सुटिङ गर्ने छन् । पिंकभिल्लाको रिपोर्टअनुसार सुकुमारले पुष्षा– २ का लागि बिना बनी र रश्मिकाको पूजा समारोह राखिसकेका छन् किनभने आगामी तीन महिनासम्म कुनै शुभमुहूर्त छैन । पूजाको बेला अल्लू भने अमेरिकामा थिए । उनी हाल आफ्नो परिवारसँग समय बिताइरहेका छन् । रिपोर्टमा अल्लूले सेप्टेम्बरबाट सुटिङ सुरु गर्ने र रश्मिकाले पछि अलि पछि सुटिङमा सहभागी हुने उल्लेख छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७