

काठमाडौं। गत भदौ ८ गते बिक्री खुल्ला गरेको खप्तड लघुवित्त वित्तीय संस्थाकोे साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो ।उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म ११ लाख ८४ हजार ८ सय २६ जनाले १ करोड ३२ लाख ४६ हजार ५८० कित्ताका लागि आवेदन दिइसकेको सीडीएसले जनाएको छ ।
लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपियाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुग्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७