TRENDING

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसिने भएको छ । हिजोदेखि सुरु भएको बैठकमा पोलिटब्युरोले तय गरेका झण्डै एक दर्जन एजेण्डामाथि छलफल हुनेछ । आगामी ५ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको निर्वाचन र रणनीति केन्द्रीय कमिटीले तय गर्ने छ ।

हिजोको बैठकले नयाँ केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो । हालै केन्द्रीय कमिटीमा मनोनीत भएका केन्द्रीय सदस्यहरू धर्मदत्त देवकोटालाई बागमती प्रदेशको सहईञ्चार्ज, जीवन गौतमलाई लुम्बिनी प्रदेशको सहईञ्चार्ज, ब्रिजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहईञ्चार्ज र अमृत राजबंशीलाई झापा जिल्ला सहईञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

नेकपा एमाले