TRENDING

सानिमा बैंकबाट पनि अबबाट निःशुल्क आईपीओ भर्न सकिने

काठमाडौं। सानिमा बैंकले पनि अबदेखि सी–आस्बा शुल्क नलिने घोषणा गरेको छ। बिहीबार एक सूचना जारी गर्दै बैंकले सी–आस्बारआस्बा सेवा निःशुल्क प्रदान गर्ने जानकारी गराएको हो। जसअनुसार अबदेखि लगानीकर्ताले सानिमा बैंकबाट निःशुल्क आईपीओ भर्न पाउने भएका छन्।

यसअघि कुमारी बैंकले पनि योे सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिसकेको छ। यता राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्दै आएका छन्। पछिल्लो समय बैंकहरुले मनपरी रुपमा सी–आस्बा शुल्क बढाउन थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले त्यसमा हस्तक्षेप गरेको थियो। सेबोनले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।