

काठमाडौं । साताको अन्तिम दिन (आज) शुक्रबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २.७७ अंकले ओरालो लागेर ३९१.७४ विन्दुमा अडिएको छ ।
आज २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएको छ । १२ वटा सूचक नकरात्मक हुँदा लाइफ इन्स्योरेन्स भने ०.३६ प्रतिशत बढेको छ । ट्रेडिङ समूहको सूचक १.८९ प्रतिशतले घट्दा फाइनान्स समूहको १.८७ प्रतिशतले घट्यो । यसदिन लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ५.९५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर आज पनि शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७