

काठमाडौं । पिपुल्स पावर कम्पनीले जारी गरेको साधारण शेयर (आइपीओ) बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार (भदौ १२ गते) दिउँसो २ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँट हुने भएको छ । हाल सम्म यसको प्री– अलोटमेन्ट सम्पन्न भैसकेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिका हुन् ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । केयर रेटिङले २४ मे २०२२ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ २७ अप्रिल २०२२ सम्म कायम रहन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७