TRENDING
होमपेज
प्रदिप गिरीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने सरीता गिरीको घोषणा


काठमाडौं । हालैमात्र सद्रभावना पार्टी परित्याग गरेकी पुर्वमन्त्री सरीता गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन । उनले सामाजिक सञ्जालमा बिहीबार ट्विट गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका नेता स्व.प्रदिप गिरीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आधिकारीक घोषणा गरेकी हुन ।
उनले सबैसँग आफुलाई सहयोग गर्न पनि आग्रह गरेकी छिन । भर्खरै पार्टी छाडेकी गिरीले कुनै दल वा स्वतन्त्रबाट चुनाव लड्ने भने खुलाएकी छैनन । दिवगंत नेता प्रदीप गिरी उनका जेठाजु हुन । उनले लेखेकी छिन,‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु ।’
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७