

एजेन्सी। युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा यासिम मुर्तजाले ४३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निजाकत खानले ३९ बलमा ५ चौकासहित ३९ रन नै बनाए । बाबर हायतले २६ बलमा १ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे ।
त्यसअघि अलमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको युएई १९.३ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । युएईका कप्तान सिपी रिजवानले ४४ बलमा ४ चौकासहित सर्वाधिक ४९ रन बनाए । जवार फरिदले २७ बलमा २ चौका र ३ छक्कासहित ४१ रन बनाए । मोहम्मद वासिम १८, चिराग सुरी ४ र वृत्य रविन्दले २ रन बनाए । हङकङका एहसान खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । आयुश शुक्लाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अजिज खानले १.३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । हङकङ ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानमा रहेर एसिया कप खेलेको हो ।
कुवेत ३ खेलमा २ मा जितका साथ दोस्रो, युएई ३ खेलमा १ मा जितका साथ तेस्रो र सिंगापुर जित बिहीन हुँदै बाहिरियो । एसिया कप शनिबारबाट युएईमा सुरु हुनेछ । समूह ए मा भारत, पाकिस्तान र हङकङ हुँदा समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७