

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको छ। अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगीकनै घरैबाट आवेदन दिन सक्नेछन्। बैंकले यो व्यवस्था २०७७ कार्तिक १३ गतेदेखि गरेको हो।
ग्राहकले बैंकको वेबसाइटमा गई Banking service>Apply Online>Credit Card Application वा ‘https://onlinecreditcard.siddharthabank.com/’ मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईनमार्फत क्रेडिट कार्डका लागि आवेदन दिनेछन्। आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ। साथै, कार्ड तयार भइसकेपश्चात ग्राहकले आवश्यक सक्कल कागजातहरु पेस गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन्।
बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनका लागि गरिएको यो व्यवस्थाले ग्राहकको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७